Rashtriya Dainik

टाईगर टोली र प्रहरी चौकीको सेटिङ्गमा हुन्छ यि नाकाहरुवाट व्यापक रुपमा तस्करी

पर्सा २८ गते बीरगञ्ज ।

नेपालको मुख्य भन्सारको मुल गेटवाट प्रहरी प्रशासनको मिलोमतोमा ठुलो मात्रामा तस्करी भईरहेको छ।

अहिले पर्साका वीरगंज भन्सार , इनार्वा गाऊ र छपकैया नाकावाट भारतवाट नेपालतर्फ लत्ताकपडा , हुण्डी कारोबार ,हाडयेवर, सुर्ती , रननिगंधा , पान पराग , जुत्ता चप्पल लगाएतका सामानहरु तस्करहरु भित्राईरहेका छन् भने नेपालवाट भारत तर्फ पेस्ट , कबाड जस्ता सामनहरु भित्राईरहेको समाचार प्राप्त भएको छ।

सिमानाकामा रहेको प्रहरी चौकी र सशस्त्र प्रहरीद्वयहरुसंगकाे सेटिङमा व्यापक रुपमा वीरगंज भन्सारको मुल गेट र ईनार्वा गाऊको बाटो प्रयोग गरि तस्करहरुले ठुलोमात्रामा तस्करीको लाईन दिएको नाम नछाप्रने सर्तमा स्थानियहरुले बताएका छन्।

उक्त तस्करीको लाईन जिल्ला प्रहरी कार्यालय पर्साले तस्करी नियन्त्रण तथा समाजमा भईरहेका विभिन्न किसिमका अपराधिक घटनाहरुलाई नियन्त्रण गर्नको लागि खटाएको भएपनि तस्कर भइरहेको पाइएको छ।

प्रहरी र प्रहरी चौकीहरु त्यहा भए पनि तस्करहरु गाउँलेबाटाेबाट सर्वसाधारणहरुले देखिने गरि थुप्रै सामान अाेसारपसार गरेको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले तस्करी नियन्त्रण तथा समाजमा भईरहेका विभिन्न किसिमका अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न क्यूआरटी खटाएको छ । तर पनि बडर क्षेत्रबाट खुलेअाम तस्करी भएको स्थानीयहरु बताउछन।

सर्वसाधारण व्यक्ति तथा ग्रामीण क्षेत्रका व्यापारीहरु बीरगंजबाट आफनो पसलका लागि सामग्रीहरु किनेर लैजाँदा बाटोमै रोकेर बिल भरपाई लगायतका कागजातहरु मागी चेकजाच गर्ने तस्बिरहरुलाई समात्न नसक्ने पर्साका एक व्यापारी राजबली साहले गुनासो गरे ।

ग्रामीण सीमावर्ती क्षेत्रहरुमा घर भएका व्यक्तिहरुले आफ्नो घरबाट खाद्यान्न लगायतका सामाग्रीहरु ल्याउँदा समेत प्रहरीहरुले हैरान गर्ने गरेको गुनासो गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक बस्नेतले तस्करीमा कडाई गर्ने कडा निर्देशन दिदै अाएपनि उनको मातहत रहेका टाईगर टोली र सिमानाकामा रहेका प्रहरी चौकी कडा रुपमा सुरक्षा नदिइएको पाएको छ।

प्रहरी उपरीक्षक रमेश बस्नेतले तस्करीमा कडाई गरि गत आर्थिक वर्ष २०७८/७९ मा २३ करोड ९४ लाखभन्दा बढी राजस्व संकलन गर्न सफल भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित