उत्तमकुमार थापा बझाङ
सदरमुकाम चैनपुरमा दिनानुदिन चाेरीका घटनाहरु बढ्दै छन । बझाङकाे सदरमुकाम चैनपुर सानाे शहरको रुपमा हेरिन्छ तर याहाँ प्रत्येक दिन चाेरीका घट्नाहरु बढ्दै गएको पाईन्छन ।
हिजाे राति मात्र जयपृथ्वी नगरपालिका वडा नम्बर १० मा पर्ने किरण किराना पसलमा चाेरी भएको छ । जिल्ला अदालत अगाडि रहेको यस किराना पसलमा चाेरी हुदा नगद ५० हजार बढी र रिचार्ज गरि झण्डै १ लाखको हाराहारीमा चाेरी भएको साउजी डम्बरबहादुर सिँहले बताए ।
उहाँले भन्नू भयाे, हिजो अस्ति विक्रि भएको सबै पैशा यसै गल्लामा राखेको थिए, रिचार्ज पनि थिए सबै चाेरले लगेकाे छन । अरु त्यस्तै हाे । अचम्म त याे छ कि जिल्ला अदालत अगाडि नै चाेरी हुनु अचम्मित कुरा भएको स्थानीयहरुकाे भनाइ छ । चाेरले सरियाकाे रडले ताल्चा फुटाएकाे पाईन्छ । पैशा राख्ने गल्लाकाे पनि ताल्चा फुटाएकाे पाईन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

