राष्ट्रिय दैनिक / कपिलवस्तु , २७ साउन
शनिबार हुने निमाबि तह शिक्षक लाईसेन्सको परिक्षा दिन कपिलवस्तुमा बिभिन्न जिल्लाबाट आएका विधार्थी अलपत्र परेका छन् ।
परिक्षाका लागी आएका विधार्थीले बस्न र खानका लागि होटेलमा कोठा नपाउँदा सास्ती खेप्नुपरेको छ ।
यता जिल्लाको बाणगंगा नगरपालिकाका बिभिन्न चोकचोकमा विधार्थीहरु कोठा खोज्नका लागी भनेर दिनैभरि भौँतारि रहेको देख्न सकिन्थ्यो । लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुबाट भोलीको परिक्षा दिन आएका विधार्थीहरुले एकरात काट्नका लागी पनी कोठा नपाउँदा निकै असहज भएको बताएका छन ।
नगरका बिभिन्न स्थानमा धेरै विधार्थी अट्ने गरि हलको व्यवस्था गराईएको छ भने कतै स्थानियले आफ्नै घरमा बास दिएर सहयोग गरेको उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमीरेले बताउनुभयो । यस्तै घिमीरेले आफुले पनी आफ्नै घरमा केही विधार्थीहरुलाई बास दिएको बताउनुभयो ।
यसैबिच अलपत्र परेका विधार्थीहरुलाई होटेल ब्यवसायी संघ, कपिलवस्तुको उद्योग बाणिज्य संघ, बिभिन्न संघ संस्था र स्थानियको सक्रियतामा खान र बस्नका लागी ब्यवस्था मिलाईएको छ ।
कपिलवस्तुमा निमाबि लाईसेन्सका लागि ४२ परिक्षा केन्द्र तोकिएको छ । भने १० हजार परिक्षार्थी सहभागी हुने बताईएको छ । आयोगले अव्यवहारिक र हचुवाको भरमा १ घण्टाको परीक्षालाई ३ दिन लाग्ने गरि गरेको निर्णयले परीक्षार्थीहरुले सास्ती खेप्नु परेको जानकारहरुको भनाई छ ।
यस्तै रोल नम्बरको आधारमा परिक्षा केन्द्र निर्धारण गर्दा पनी परिक्षार्थीहरुले दुख पाएको निष्कर्ष निकालिएको छ ।
परिक्षा साउन २८ गते अर्थात शनिबार बिहान ८ बजे देखि ९ बजे सम्मका लागि राखिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

