Rashtriya Dainik

रुपन्देहीको सियारीमा माेटरसाइकल र स्कुटर ठाेकिदा ३ जना घाइते

राजन चाैधरी / रुपन्देही , २७ साउन

रुपन्देहीको सियारीमा माेटरसाइकल र स्कुटर ठाेकिदा ३ जना घाइते भएका छन ।

सियारी गाउँपालिका वडा नम्बर ७ बेथरी र बेल्बास सडक खण्डको कनरी चोकमा लु १८ प ३६१६ नम्बरको यमाहाको अार १५ मोटर्साइकल र लु ८४ प ९२९७ को स्कुटर एक आपसमा ठोकिँदा ३ जना घाइते भएका छन ।

घाइते हुनेमा वर्ष २२ को ममता चौधरी र सियारी ७ हाल बर्दघाट निवासी ३६ वर्षिय चालक नरेश चौधरि रहेको र अर्को सुद्दोधन १ का २४ वर्षिय चालक विशाल चौधरी रहेको इलाका प्रहरी छपियाले जानकारी दिइएको छ ।

घाइते तीन जनाको उपचार भैरहवाकाे मेडिकल कलेजमा भैरहेको प्रहरी जानकारी दिइएको छ ।

स्थानीयका अनुसार रक्षा बन्धन बाधेर घर फर्किने क्रममा कारलाई ओभरटेक गर्दा दुर्घटना भएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित