जिल्ला सभा सुरु / बझाङ
बझाङ जिल्लाको छैठौ जिल्ला सभा तथा आ.ब. ०७८ ०७९ बार्षिक समिक्षा कार्यक्रम बहिबारबाट सुरु भएको छ । बिहिबार जिल्ला समन्वय समितीको आयोजनामा दुई दिने जिल्ला सभा तथा बार्षिक समिक्षा कार्यक्रम सुरु भएको हो ।
जिल्लाको समग्र बिकास सम्भावना र चुनौतीका बिषयमा दुई दिन सम्म मसिनो हिसावले छलफलका साथै समिक्षा गरिने भएको छ । जिल्ला सभामा गएको आर्थिक बर्षमा पालिकाहरुले सम्पादन गरेका कामहरुको प्रस्तुतीकरण र सो उपर टिप्णी गरि आगामी दिनमा अझ कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा छलफल हुने जिल्ला समन्वय समितीका प्रमुख नरबहादुर बोहराले बताउनुभयो ।
उहाँले जिल्लाको बिकासका लागी सबै पक्षले बनेका निती नियम र कानुनहरुको परिधीमा रहेर काम गर्नु पर्ने समेत बताउनुभयो । जिल्ला सभाको उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले तिन तहका सरकारहरुको समन्वय गर्ने भुमिकामा रहेको जिल्ला समन्वय समितीलाई थप अधिकार दिनु पर्ने समेत बताउनुभयो ।
उहाँले अहिलेको परिस्थीतीमा स्थानीय , प्रदेश र केन्द्र सरकारका बिचमा कुनै पनि समन्वय र तालमेल नहुदाँ बिकास निर्माणले अपेक्षा अनुसारको उपलब्धी हासिल गर्न नसकेको बताउनुभयो । उहाँले तिनै तहका सरकारका बिचमा समन्वय हुन जरुरी रहेको बताउदै बिकास समृद्घिका लागी सबैले हातेमालो गर्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला समयमा जिल्लाको बिकास र वर्तमान अबस्था र चुनौती , जिल्ला समन्वय समितीको प्रगती र जिल्ला सभाका एजेण्डाहरुका बारेमा छलफल गरिने भएको छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

