Rashtriya Dainik

पुर्वि नवलपरासीको नवलपुरमा नेकपा एमालेको बिराेध प्रर्दशन

कल्पना कुुँवर / नवलपुुर,श्रावण २५ गते ।

पुर्वि नवलपरासीको नवलपुरमा नेकपा एमालेले भ्रष्टाचार र बढ्दो महङगीको विरोधमा आज प्रर्दशन गरेको छ ।

दिनदहाडै अप्रत्याशित रुपमा महँगी बढदै जान थाले पछि चर्को महङगीको नियन्त्रणका लागी सरकारले कुनै पनि पहली कदम नउठाएको भन्दै विरोध प्रर्दशन गरेको नेकपा एमालेका जिल्ला सचिब भिमलाल अधिकारीले बताउनुुभयो ।

जिल्ला सचिब अधिकारीका अनुुसार प्रदशन नेकपा एमालेको पार्टि कार्यालय सभापति चोक बाट ईन्द्रचोक, थाना चोक हुदै फलफुुल चोकमा पुुगेर समापन भएको थियो ।

सो बिरोध कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले सरकारले महँगी नियन्त्रण गर्न पहल नचाल्ने हो भने जनताको ढाड सेकिने बताउनुुभयो । जनतालाई ढाड सेकेर आएको महँगी नियन्त्रण गर्न सरकार सक्षम हुुनुुपर्ने महतले बताउनुुभयो ।

विरोध प्रदशन पुर्वि नवलपरासीको आठ वटै पालिकाको पार्टि कमिटि सहित युुवा संघ ,अनेरास्वयुु, खेलकुुद माहासंघ, किसान काहासंघ, रीटर्नी फेडेरेशन, इन्जिनियरिङ एसोसियसन, अपाङ संघ ट्रेड युुनियन माहासंघ लगाएत २२ वटै भातृ संगठन र शुुभेच्छुक संघ संस्थाहरुले बिरोध प्रर्दशन गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित