Rashtriya Dainik

आदिवासी जनजाती महासंघ नेपालको प्रथम पर्सा जिल्ला अधिवेशन सम्पन्न

साउन-२५ ,हरिकिशोर शर्मा जिराभवानी
नेकपा एमालेको जनवर्गिय संगठन लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नेपालको प्रथम पर्सा जिल्ला अधिवेशन मंगलबार सम्पन्न भयो ।
एमाले पर्साको जिल्ला पार्टी कार्यालय मनमोहननगरमा आयोजित अधिवेशनले उमेशकुमार सिंह थारुको अध्यक्षतामा ९१ सदस्यिय पर्सा जिल्ला कमिटी गठन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा द्वेयमा दुर्गा माया“ र दिलबहादुर गुरुङ, कोषाध्यक्षमा सानुमाया“ थिङ चयन भएका छन् भने उपसचिवको दुई स्थान रिक्त राखिएको छ ।
कमिटीको प्रथम बैठकले ३३ सदस्यि जिल्ला सचिवालय गठन गरेको महासंघ पर्साका सचिव अर्जुन श्रेष्ठले जानकारी गराएका छन् ।
अधिवेशन उदघाटन समारोहका मुख्य अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल आदिवासी महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजातीको मुद्धा राजनीतिक मुद्दा भएकोले यसलाई राजनीतिक रुपमा नै समाधान गरिनु पर्ने बताए । उनले परिवर्तित व्यवस्थामा मुलुकको संविधानले आदिवासीका मुद्दालाई सम्बोधन गरेको भएता पनि पुणर्रुपमा व्यावहार ल्याउनु नकसेको गुनासो गरे । लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य समेत रहेका लेखिले आदिवासी आन्दोलनले कहिं कतै कोही विस्थापीत हुनु नपरेको स्पष्ट पार्दै समाजमा पछि पारिएका समुदायको हक अधिकार प्रप्तीले समग्र मुलुकको विकासमा टेवा पुग्ने बताए ।
कार्यक्रमका विशिष्ट अथिती नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सह-इन्चार्ज अरविन्द सिंहले आदिवासी आन्दोललाई समयमा नै बुझ्न नसक्दा नेकपा एमालेलाई समेत ठुलो धक्का लागेको स्मरण गर्दै अवको सुदृढ आदिवासी आन्दोन एमालेले मात्रै हांक्न सक्ने दावी गरे ।
सो अवस्रमा अर्का विशिष्ट अतिथी लोकतान्त्रिक आदीवासी जनजाती महासंघ नेपालका महासचिव तथा संविधान सभाका सदस्य पेम्वा गुरुङले समावेशीता को सिद्धान्त विना मुलुक अगाडि बढन नसक्ने विचार व्यक्त गरे ।
महासंघका केन्द्रीय सदस्य दिलबहादुर श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज प्रभु हजारा, एमाले पर्साका अध्यक्ष जयप्रकाश थारू, सो पार्टी पर्साका सचिवालय सदस्य गोविन्दप्रताप श्रेष्ठ र जिल्ला कमिटी सदस्य रामशरण खवास थारूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उदघाटन कार्यक्रम महासंघका केन्द्रीय सदस्य कैलाश महतो थारूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित