Rashtriya Dainik

पर्सा जिल्लाको लखनपुरका SEE 2078 उर्तिण बिद्यार्थीहरुलाई सम्मान

राजन कुमार बानिया ,पर्सा २५ साउन
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका ३.२ GPA ल्याएका खुसराज यादव सहित २६ जना SEE 2078 उर्तिण बिद्यार्थीहरुलाई पुरस्कार स्वरूप डायरी, कलम वितरण गरि अबिर टीका, खादा लगाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा क्षेत्रमा लखनपुर कमजोर रहेको कारण बिद्यार्थीहरु बिचैमा कक्षा छोडि बिना सीप रोजगार तथा बिदेश तिर लागने र उच्च शिक्षामा ध्यानाकर्षण नहुने भएकोले लखनपुरमा पहिलो पटक सम्मान कार्यक्रममा अभिभावक एवं बिद्यार्थीहरुलाई होसला बुलन्द गरि उच्च शिक्षा तिर केन्द्रित हुन आग्रह गरिएको जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहले बताए ।
श्रीदेबीमाई आधारभुत बिधालय लखनपुरमा श्री जनजागरण युवा कल्बको आर्थिक सहयोगमा सखुवा प्रसौनी गाउँपालिका वडा नं.६ लखनपुरका वडा अध्यक्ष मुन्ना राउत कमकरको अध्यक्षता एवं गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि अनुषनधान निर्देशनालय मधेसका निर्देशक डा. बिशेषवर यादव, पुर्व गाउँपालिका अध्यक्ष प्रदिप जैसवाल, जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साह, प्र.अ. भरत गिरि, दिनेश साह, +२ संयोजक रामबहादुर यादव, स्थानीय सिकेन्द्र सहनी, मेघनाथ साह कानु जगदेव राम, शिक्षक फिरोज आलम लगायत अभिभावक एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित