देवदह मेडिकल कलेजमा तनाव : सुत्केरीको उपचारमा लापरवाही भएको आरोप

 

रुपन्देहीको देवदह मेडिकल कलेजमा सुत्केरीको उपचारमा लापरवाही भएको भन्दै आफन्तले विरोध जनाएपछि तनाव उत्पन्न भएको छ । देवदहनगरपालिकामा अवस्थित देवदह मेडिकल कलेजमा उपचाररत सुत्केरीको तीन दिनसम्म अवस्था सार्वजनिक नगरिएको भन्दै आफन्तहरुले आज (शनिबार) विहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

तिलोत्तमा–१० कान्छी बजारकी ३१ वर्षीया राधा थारुलाई सुत्केरी गराउन गत मंसिर १७ गते बुधबार अस्पताल भर्ना गरिएको थियो । बिहीबार विहान अपरेशन गरी बच्चा निकालीएको थियो । तर केही घण्टापछि सुत्केरी बेहोस भएपछि पुनः अपरेशन कक्षमा लगिएको र हालसम्म अवस्था सार्वजनिक नगरिएको विरामीका आफन्तले बताएका छन् ।

सुत्करीको मृत्यु भइसकेको तर अस्पतालले घोषणा गर्न आनाकानी गरेको दाबी गर्दै उनीहरुले अस्पताल प्रशासन विरुद्ध विरोध प्रदर्शन गरेका हुन् । सुत्केरीकी दिदी फूलमतिले भनिन्, ‘तीन दिनसम्म हामीलाई भेट्न दिइएको छैन, जिउँदो मर्दो सार्वजनिक गरिएको छैन, यो डाक्टरको लापरवाही नै हो ।’ उनका अनुसार सुत्केरी जिवीत छ भन्नेमा परिवारजन विश्वस्त छैनन् । सुत्केरीका श्रीमान्सहितका आफन्तले अस्पताल प्रशासनसँग जानकारी मागिरहेका छन् । जन्मेको शिशु भने कुशल रहेको बताइएको छ ।

उता देवदह मेडिकल कलेजका मेडिकल सुपरिटेन्डन डा. बिक्रम ज्ञवालीले ग्लोबल आवाजसँग कुरा गर्दै सुत्केरीको रक्तश्राव नरोकिएपछि थप अपरेस गर्नु परेको र विरामी अहिले आइसियूमा रहेको बताएका छन् । ‘सुत्केरीले बच्चा जन्माइसकेपछि पनि रक्तश्राव नरोकिएपछि पुनः अपरेशन गरी पाठेघर फाग्नु परेको थियो ।’-उनले भने, त्यसपछि पनि रक्तश्रावको समस्या भएपछि विरामीलाई अहिले आइसियूमा राखिएको छ ।

आफन्तहरुको विरोधपछि अस्पतालका मेसु ज्ञवालीसहित स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा विरामीका आफन्तहरु बीच सहमतीका लागि वार्ता सुरु भएको अस्पतालले जनाएको छ । सुत्केरीको उपचारमा डा.संजिव योञ्जनको टोली सहभागी थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot