बारा, २२ असार / नेपाली कांग्रेस बाराका जिल्ला सचिव राजेश रौनियारले वास्तविक नेपालीको सन्तानलाई नागरिकता देउ सरकार भन्दै मांग गरेका छन । लोकतन्त्र स्थापनापछि धेरै सुधारहरु भएतापनी नेपालमा ठूलो समस्याको रूपमा रहेको नागरिकताको समस्या अहिले पनि जस्ताको त्यस्तै रहेको कारण वास्तविक नेपालीको सन्तानलाई नागरिकता देउ सरकार भन्दै मांग गरेका हुन ।
जिल्ला सचिव राजेश रौनियारले २०६२÷०६३ को जन आन्दोलन पश्चात् देशमा बिधमान राजतन्त्र ढलेपछी लोकतन्त्रको बहाली भयो, पक्कै पनि लोकतन्त्रले आम नेपाली समाजको उन्नति र प्रगतीको बाटो खुल्छ भने सबैको आशा र चाहना थियो, लोकतन्त्र स्थापना पछि धेरै सुधारहरु भएतापनी नेपालमा ठूलो समस्याको रूपमा रहेको नागरिकताको समस्या अहिले पनि जस्ता को त्यस्तै रहेको बताउनु भयो । नागरिकताको समस्या कुनै समुदाय विशेषको समस्या नभएर आम नेपालीको समस्याको रुपमा बुझ्नु पर्ने उहाले बताउनु भयो ।
६३ सालमा जन्मको अधारमा नागरिकता लिनेहरु हरेक समुदायका थिए, पक्कै पनि केही गैर नेपालीहरुले पनि नागरिकता लिएका छन, तिनीहरुको नागरिकता खारेज गर्नु पर्छ, तर जो कानुनी रुपले नेपाली अंगीकृत नेपाली नागरिक छन, तीनका सन्तानहरु अध्यन समपन्न गरि शरणार्थीको रूपमा नेपालमा छन, तीनले नागरिकता कहिले पाउने ? भन्दै सरकार समक्ष आफ्नो प्रश्ण राखेका छन । जिल्ला सचिव राजेश रौनियारले, के यसको लागि पनि आन्दोलन गर्नु पर्ने हो ? बिद्रोह गर्नु पर्ने हो ? भन्दै आफ्नो आक्रोष पोख्नु भयो । बर्तमाण सरकारको यस बिषयमा ध्यान जान अति अवाश्यक देखिएको र उचित सम्बोधन होस, होइन भने ठुलो बिद्रोह हुन सक्ने समेत जिल्ला सचिव राजेश रौनियारले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

