बिनाेद निगम , नवलपरासी, २२ असार
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ७ बरगदवास्थित छडके चेकजाँच गर्ने क्रममा भारतबाट अबैधरुपमा ल्याउदै गरेको ६० बोरा चिनी सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ।
३ लाख ५६ हजार ५ सय मूल्य बराबरको चिनी प्रहरीले नियन्त्रणमा लिएको हाे ।
ट्याक्टरमा राखेर ल्याउदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीले शंका लागेर चेक गर्न खोज्दा चालक भने ट्याक्टर छोडेर भागेका थिए ।
चिनीको बिल नभेटिएपछि नियन्त्रणमा लिएको चिनी आवश्यक कारबाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सूचना अधिकारी रोशन घिमीले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

