Rashtriya Dainik

पर्सा प्रहरीद्वारा ९० किलो गाँजा बरामद

कृष्णा यादव ,वीरगंज ,२२ असार
पर्सा प्रहरीले ९० किलो लागू अौषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यलय पर्सा र तालुक प्रदेश प्रहरी कार्यालय जनकपुरले विशेष सुचनाको अाधारमा वीरगंज महानगरपालिका वडा नम्वर २८ बगहीवाट ९० किलो लागुअौषध गाँजा बरामद गरेको छ।

प्रहरीले भारतीय नम्बर up70BK9555 नम्बरको ईन्डिगो कारलाई रोकी चेक गर्दा कारको डेकी र सिटमुनीमा लुकाई छुपाई राखेएको ९० केजी गाँजा सहित दुई भारतिय नागरिकलाई नियन्त्रण लिएको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको युपी जिल्ला मऊका बर्ष ३० को रबिकान्त भारती बर्ष भारतको बिहार जिल्ला बेतिया पश्चिमी चम्पारण तेलुवा वडा नम्बर १० का बर्ष २८ को सन्तोष भारतीयलाई नियन्त्रणमा लिई लागू अौषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित