Rashtriya Dainik

सरावल गा.पा ले कोभिड प्रभावित परिवारलाई नगद हस्तान्तरण गर्ने , दाबी विरोध तीन दिन

राष्ट्रिय दैनिक / नवलपरासी , २१ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले “कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्ने भएको छ।

सरावल गाउँपालिका वडा नं. १ देखी ७ सम्म स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका अतिविपन्न परिवारलाई निवेदककाे अधारमा छनाैट भएकालाई नगद रु. दस हजार हस्तान्तरण गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले जानकारी दिनुभएको छ।

“कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ बमोजिम नेपाल सरकारले नगद राषि उपलब्ध गराउने अधिकृत ज्ञवालीले बताउनु भएको हाे।

वडा नं. १ देखी ७ सम्मका नागरिकले रकम प्राप्त गर्न निवेदन पेश गरेकोले कसैको दाबी विरोध रहेमा सूचना प्रकाशित भएको मितिले तीन दिन भित्र दाबी विरोध पेश गर्नुहुन अधिकृत ज्ञवालीले जनसमुदायमा सुचना प्रकाशित गर्दै जानकारी गराउनु भएको छ।

( वडा नम्बर १ देखि ७ सम्मको नामावली हेर्न या दाबी विरोध गर्नका लागि नामावली डाउनलाेड गरी हेर्नुहाेस ) IMG_20220705_0002

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित