पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं ४ मधवलमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विधालयलमा छात्रवृत्ति वितरण गरिएको छ ।
कक्षा १ देखि ५ सम्म अध्ययनरत विधार्थीहरुमध्ये छात्रा,दलित छात्रा र दलित छात्र गरी जम्मा १०० जनालाई प्रती विधार्थी रु. चार सयको दरले चालीस हजार बराबरको छात्रवृत्ति वितरण गरिएको हो।
छात्रवृत्ति वितरण कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसिया,वडा नं-४ का वडा अध्यक्ष अनोज कुमार चौरसिया,शिक्षा शाखा प्रमुख कपिल लामिछाने,वडा सदस्य हरेन्द्र चौरसिया,मुकेश साह कानु,सगिर मिया,प्रधानाध्यापक कन्हैया प्रसाद तेलि,शिक्षकहरु मुकलेश गदी,मुकेश कुमार साह,बलिराम साह लगायतको उपस्थित रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

