Rashtriya Dainik

ज्ञानज्याेति माविमा वातावरण संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

असार २१,

हरिकिशोर शर्मा जिराभवानी १
ठोरी गाउँपालिका-४ मा रहेको ज्ञानज्याेति माध्यमिक विद्यालय घ्याङडाँडामा वातावरण संरक्षण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय संरक्षण शिक्षा कार्यक्रम अन्तरगत पर्सा राष्ट्रिय निकुञ्जको आर्थिक सहयोग तथा कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई वातावरण संरक्षणको महत्त्व तथा संरक्षणमा विद्यार्थीको भुमिकाका विषयमा जानकारी गराईएको थियो ।

सो अवसरमा सहभागीहरुसंग वन संरक्षणको महत्त्वका विषयमा समेत अन्तरक्रिया गरिएको आयोजक कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्धलाल पाख्रीनले जानकारी दिए । अभिमुखीकरण अघि अध्यक्ष पाख्रीनको अध्यक्षतामा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । सो विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका पुर्व अध्यक्ष टङ्क प्रसाद तिमिल्सिना , सचिव रितेश पाख्रीन , विद्यालयका प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेल , पुर्व प्रधानाध्यापक दल बहादुर स्याङ्बो लगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागिता थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित