हरिकिशोर शर्मा जिराभवानी १
असार-२१
ठोरी ४ मा रहेको निर्मलबस्ती स्वास्थ्य चौकी बिजयबस्तीमा आज १ दिने राष्ट्रिय किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ ।
ठोरी गाउँ पालिकाकि कार्यपालिका सदस्य देबिमाया थिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी तथा स्वास्थ्य संस्थाहरूको भुमिकाको बिषयमा जानकारी दिइएको हो ।
नजिकैको बिद्यालय(माबि बिजयबस्ती)का प्रतिनिधि विद्यार्थी, बिब्यस अध्यक्ष, स्वयम् सेबिका, पत्रकार लगायतलाई सो कार्यक्रमको उद्देश्य र स्वास्थ्य संस्थाहरूको भुमिकाका बिषयमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत बाल किशोर यादब र ठोरी गाउँपालिकाका स्वास्थ्य संयोजक रमेश थिङले जानकारी गराउनु भएको थियो ।
ठोरी गाउँपालिकाका सम्पुर्ण स्वास्थ्य संस्थाहरूमा किशोर किशोरी मैत्री छुट्टै परामर्श कोठा राख्ने र किशोर किशोरीका समस्याहरुलाई स्वास्थ्यकर्मीहरुले परामर्श दिने ब्यबस्था मिलाइएको कार्यक्रमका अवसरमा जानकारी दिइएको थियो । जसबाट किशोर किशोरीमा हुने डिप्रेसन, मानसिक समस्या, शारीरिक परिवर्तन बारेका जिज्ञासाहरु स्वास्थ्यकर्मीहरुले गोप्य र सुरक्षित रुपमा उनिहरुको समस्या समाधान हुनेगरी सेवा दिलाउन स्वास्थ्य संस्थामा छुट्टै कोठाको ब्यबस्था गरिन लागेको बताइएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

