Rashtriya Dainik

सुनौलो हजार दिनको घरका सदस्यहरुलाइ बीउ र विरुवा बितरण

अमृता सुनार/सुनवल,२१ असार
सुनवल नगरपालिका कृषि विकास शाखा, पशु सेवा शाखाको आयोजनामा सुनवल नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनको घरका सदस्यहरुलाइ बीउ र विरुवा बितरण गरिएको छ । बहु क्षेत्रिय पोषण खाध्यान्न सुरक्षा कार्यक्रमबाट वडा भित्रका ४० जना र नगरपालिकामा रहेकोे १३ वटै वडामा १ हजार १ सय २० जनालाई वितरण गरिएको हाे । वितरण क्रममा रिराज जातको २० दिने हुर्काएको ५ वटा चल्ला , उन्नत जातको बिउ बिजन, बोडिको बिउ, सेमिको बिउ, धनियाँको बिउ र केरा मेवा गरी ५ थरिका बिउ साथै दुई थरिका बिरुवा बितरण गरिएको सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित