Rashtriya Dainik

नवकिरण बाल क्लबको आयोजनामा लेखन प्रतियोगिता सम्पन्न

अमृता सुनार/सुनवल,२१ असार
सुनवल नगरपालिका वडा नम्बर ३ आसामी टोलमा स्थित नवकिरण बाल क्लबको आयोजनामा लेखन प्रतियोगिता सम्पन भएको छ। कार्यक्रममा त्यसै बाल क्लबका उपाध्यक्ष कृष्ण थापाको अध्यक्षता एवं वडा नम्बर ३ को वडा सदस्य भुमिकला शर्माको प्रमुख आतिथ्यतामा तथा वडा सदस्य लक्ष्मी परियारको विशेष आतिथ्यतामा लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो। उक्त लेखन प्रतियोगिता कार्यक्रममा वडा नम्बर ३ को बालमैत्री स्वयम सेवक शान्ती श्रीस लगायतको आतिथ्यता रहेको थियो । उक्त लेखन प्रतियोगिता कार्यक्रम दुई समुहमा बिभाजन गरि सम्पन भएको हो। एउटा समूह ५-१० बर्ष उमेर सम्मका बालबालिकाको थियो भने अर्को समूह ११-१६ बर्ष उमेर सम्मका बालबालिकाको थियो। उक्त कार्यक्रममा ५-१० उमेर सम्मका बालबालिका मध्ये भुमिका भट्टराई प्रथम,समृद्धी न्यौपाने द्वितिया र वष्णवी साउद तृतीय स्थान हासिल गर्न सफल भएका छन। यसै गरि अर्को समूह ११-१६ वर्ष उमेर सम्मका बालबालिकाको समूह मध्ये रितु पङ्गेनी प्रथम,महेश क्षेत्री द्वितिया र रिजन पाण्डे तृतीय स्थान हासिल गर्न सफल भएका हुन। उक्त कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष कृष्ण थापाले बालबालिकाले आफुमा रहेको प्रतिभा लुकाउन नहुने बताउँदै बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गर्ने सामान्य माध्यम रहेको कुरा उहाले बताउनु भयो। वडा नं ३ को वडा सदस्य भुमिकला शर्मा र लक्ष्मी परियारको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन एलोन थापा र सोयम साहुले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित