तुलसीराम पौडेल —
सियारी, आषाड २०
रुपन्देहीको सियारी गाउँपालिका अन्तरगत रहेका छपिया स्वास्थ्य चौकी र हर्नैया स्वास्थ्यचौकी परिवारनियोजनका पाँच आधुनिक अस्थायी साधन उपलब्ध स्वास्थ्य सस्था घोषणा भएको छ।सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले एक कार्यक्रमका बिच घोषणा गर्नुभएको हो।
छपिया स्वास्थ्यचौकीमा भएको कार्यक्रम सियारी गाउपालिका वडा नम्बर -४ का वडा अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष श्रीराम यादवको अध्यक्षता , गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका
सदस्य बिष्णु माया जैसवाल र सियारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियोे । स्वास्थ्यचौकी इन्चार्ज बिमला न्यौपानेको स्वागत मन्तव्य , गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीबाट कार्यक्रमको उद्देश बारे जानकारी ,स्टाफनर्स इन्दिरा बस्यालबाट परिवार नियोजनबारे जानकारी रहेकोे कार्यक्रमको सन्चालन नर्सिङ अधिकृत ललिता पुनले गर्नुभएको थियोे ।
त्यसै गरि हर्नैया स्वास्थ्य चौकिमा सम्पन्न भएको कार्यक्रम वडा नम्बर ३ का वडा अध्यक्ष रामचन्द्र कुर्मिको अध्यक्षता, गाउपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
हर्नैया स्वास्थ्तचौकिका इन्चार्ज प्रेम सुवेदिको स्वागत मन्तव्य तथा परिवार नियोजनको साधन बारे जानकारी रहेकोे कार्यक्रमको संचालन नर्सिङ अधिकृत ललिता पुनले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

