असार २०
जिल्ला खेलकुद बिकास समिती पश्चिम् नवलपरासीको अध्यक्षमा रितमान कामु नियुक्त हुनुभएको छ।लुम्बिनी खेलकुद परिषदको असार १९ गतेको निर्णयले कामुलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।
कामु आईटिएफ तेक्वान्दो लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष,आईटिएफ तेक्वान्दो पश्चिम् नवलपरासीको अध्यक्ष अन्तर्राष्ट्रिय प्रशिक्षकको आजिवन सदस्य समेत रहनु भएको छ।खेल क्षेत्रको प्रवर्द्धन र बिकासमा आफ्नो भुमिका रहने बताउदै नव नियुक्त अध्यक्ष कामुले पश्चिम् नवलपरासी खेल क्षेत्रको ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले सबै बिधाका खेलाडी उत्पादन गरि जिल्लालाई नै खेलकुदको उद्गम स्थलको चिरनारिको रुपमा अगि बढाउन प्रयत्न गर्ने बताउनु भयो।
अध्यक्ष कामु सगै खेलकुद बिकास समितीको उपाध्यक्षमा रमेश कर्माचार्य ,कोषाध्यक्षमा गोबिन्द प्रधान,सदस्यहरूमा कमला राना मगर,कुल प्रसाद भट्टराई,टेक बहादुर पुन,भिम प्रसाद पौडेल,बिमला गिरी र राम बहादुर कुर्मी नियुक्त भएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

