राष्ट्रिय दैनिक / नवलपरासी , २० असार
बाल विवाहको विरुद्धमा आवाज उठाउने पाल्हिनन्दनका किशोर र किशोरीले प्रतिबद्धता जनाएका छन् ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अायाेजनामा २ दिने बाल अधिकार सम्बन्धि सचेचनामुलक ताालिममा सो कुरा बताएका हुन् । सो तालिममा पाल्हिनन्दन गाउँपालिका वडा नंं ३ को बालबालिकाहरुको सहभागिता रहेको थियो ।

सो तालिमका प्रशिक्षक सामाजिक अभियान्ता उमेश बि.क ले बाल अधिकार बारे प्रशिक्षण दिएका थिए । बाल अधिकार भनेको के हो? बालमैत्री भनेको के हाे ? बाल संरक्षण कसरी गर्ने भन्ने बारे जानकारी गराएका थिए । साथै त्यसै गरि अर्का प्रशिक्षक बाल अधिकारकर्मी रन्जित शर्माले बाल अधिकारको ईतिहास, बाल क्लबको गठन प्रक्रिया साथै लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।

सो समापन कार्यक्रमको प्रमुख अतिथि पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले तालिममा सिकेका कुराहरु ब्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुुभयो साथै सबै भन्दा शिक्षामा जोड दिनुपर्ने बताउनुुभयो ।कार्यक्रममा उनले अधिकारका लागि स्वयम् बालबालिकाहरूले भूमिका निर्वाह गरेमा प्रभावकारी हुने बताउनु भएको थियो ।

तालिममा वडा नम्बर ३ स्तरीय बाल सन्जाल गठन समेत गरिएको हाे । साे तालिम पाल्हिनन्दन गाउँपालिकाकाे सम्पूर्ण वडामा सन्चालन रहेको गाउँपालिका उपाध्यक्ष अन्सारीले जानकारी दिनुभएको हाे । साथै सबै वडामा बाल सन्जाल समेत गठन गरिने पनि जानकारी दिनुभएको हाे।
तालिममा विभिन्न टाेलका करिब ६० जना बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

