Rashtriya Dainik

दलित सशक्तीकरण सम्बन्धि कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , २० असार

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ मा दलित सशक्तीकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।

वडा नम्बर २ काे अायाेजनामा दलित अगुवाहरुको दलित सशक्तीकरण तथा दलित अधिकार बारे १ दिने नेतृत्व क्षमता अभिवृद्धि कार्यक्रम हरपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा वडा नम्बर २ स्तरीय दलित उत्थान मन्च समेत गरिएको हाे।
कार्यक्रम दलित सरकारले बनाएको दलित सशक्तीकरण ऐनको बारे , जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन , संविधानले दिएको हक अधिकार , गाउँपालिका र नगरपालिकाले दलितको लागि गरेको व्यवस्था , सरकारले दिएको सेवा, सुविधाबारे छलफल गरिएको थियो।

दलितको सामाजिक न्याय , सामाजिक स्वतन्त्रता , सामाजिक परिवर्तन तथा दलित सशक्तीकरण , राजनीति , शैक्षिक र आर्थिक विषयमा हुनेमा जोड दिएको थियो । नेपाल सरकार , प्रदेश सरकार र स्थानीय सरकारले दलितलाई दिईने सेवा सुविधाको बारे छलफल गरिएको थियो।

नेपालमा दलितहरुको अवस्थाको विश्लेषण , स्थानीय तहले दलित समुदायको सामाजिक न्यायको लागि चाल्नु पर्ने कदमहरु , दलितहरुको अवस्था विश्लेषण ( तथ्यांक ) , दलितहरुको मुख्य समस्या र चुनौती , सरकारबाटै संविधानको उलंघन ,दलित अधिकारका लागि भएका कानुनी व्यवस्थाहरु स्थानीय तहमा के के छ्न , दलितहरुको सशक्तीकरण , क्षमता विकासको लागि स्थानीय तहले के के कुरा गर्न सक्छ्न व्यवहारिक योजनाको विषयमा बारे छलफल गरिएको थियो।

अहिलेसम्म गाउँपालिकाले दलितको लागि खासै कुनै योजना संचालन गरेको छैन। भन्ने दलित अगुवाहरुको गुनासो रहेकोे छ।

संचालन भएको क्षमता अभिवृद्धिमा सहभागीहरुले कार्यक्रम अन्यन्तै प्रभावकारी भएको बताएका थिए । नेतृत्व क्षमतामा विकास हुन नसक्दा दलितहरु पछि परीरहेको बताउँदै उनीहरुले कार्यक्रमले हौसला प्रदान गरेको बताएका छ्न ।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ को दलित अगुवाको सहभागीता रहेकाे थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशकाे सदस्य उमेश बि.क र सन्चारकर्मी रन्जित शर्माले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित