उमेश बि.क / नवलपरासी , १९ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ रजहवामा साझेदारी वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
रजहवा शान्ति बनबाटीकाकाे आयोजना तथा सरावल गाउँपालिका सहकार्यमा साझेदारी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

बनबाटीका ब्यवस्थापन समिति अध्यक्ष जनार्दन भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य भगवती भण्डारीकाे प्रमुख अातिथ्यता र सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे बिशिस्ट अातिथ्यतामा बृक्षाराेपण सम्पन्न भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य भण्डारीले बाेटबिरुवा राेप्नु सुनाैलाे अवसर तथा नयाँ कामकाे थालनी गरेको याे मानव जीवन तथा हरेक प्राणिसंग जाेडिएकाे कार्यक्रम हाे । बाेटबिरुवाले अक्सिजन दिने गरेकाेले उसलाई अाफ्नाे लागि मात्र नभए अाफ्नाे भाबि पिडिकाे लागि पनि सुरक्षित राख्न जरुरी रहेको बताउनु भएको थियोे ।

त्यस्तै पालिका अध्यक्ष चाैधरीले पर्यावरण स्वच्छ सफा राख्न तथा बातावरणीय संतुलनलाई कायम राख्न सकिने भन्दै बृक्षाराेपण जरुरी रहेकाेले एक घर एक बाेट बिरुवा लगाउन अनुराेध गर्दै अगामी दिनमा लगाइएको बाेटविरुवालाई अनुगमन समेत गरिने कुरामा जाेड दिनुभएको थियाे ।
बृक्षाराेपण कार्यक्रममा उपाध्यक्ष बासमति हरिजन ,वडा नम्बर १ वडा अध्यक्ष बिष्णु भट्टराई ,समितिका पुर्व अध्यक्ष कृष्ण भुषाल लगाएत समाजसेवी बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।

सम्पन्न बृक्षाराेपण कार्यक्रममा २०५ वटा विभिन्न प्रजातिका विरुवाहरु रोपण गरिएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

