उमेश बि.क / नवलपरासी , १९ असार
अाज अरुको लागि भाेलि अाफ्नाे लागि ” रक्तदान जीवनदान ” भन्ने उद्वेश्यका साथ पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संकल्प प्रतिष्ठान सरावल २ काे अायाेजना तथा सरावल गाउँपालिकाकाे सहयोग र नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा रक्दान कार्यक्रम सरावल गा.पा सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने संकल्प प्रतिष्ठानका अध्यक्ष शुसान्त शर्मा घिमिरेले कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्वेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले रक्तदान जिवनदान भएकाले आफ्नो तर्फबाट एक थोपा रक्तदानले कसैको जीवन बाँच्ने भएका कारण सबै भन्दा ठूलो पुण्य हुने बताउनु भएको थियोे ।

कार्यक्रमको प्रमुख अतिथ्यता सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले गरेका थिए । संकल्प प्रतिष्ठानका अध्यक्ष शुसान्त शर्मा घिमिरेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली , जिल्ला रक्त सन्चार सेवा नवलपरासीको संयाेजक सुरज के.सि लगाएतकाे सहभागीता रहेको थियोे ।

कार्यक्रममा ३३ जनाले रक्तदान गरेकाे संकल्प प्रतिष्ठानका महासचिव सन्जय माैर्यले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

