हरिकिशोर शर्मा /असार-१९
ठोरी गाउँपालिका ४ गोपिबस्तीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छ्न ।
घाइते हुनेहरुमा पर्साकै मिर्जापुरका नरेश खलिफा र शम्भु यादव रहेका छ्न । अत्याधिक मादक पदार्थ(रक्सी) सेवन गरेका कारण मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुने बित्तिकै ठोरी गाउँपालिकाको एम्बुलेन्सको सहयोगमा दुबैजनालाई बिरगंज पठाइएको छ भने उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल गाउँपालिकाको डोजरको सहायताले प्रहरी चौकी बिजयबस्तीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट मोटरसाइकल सहित करीब ३ लिटर घरेलुु मदिरा समेत फेला परेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

