Rashtriya Dainik

सन नेपालद्वारा पीडितलाई १४ लाख मृत्युु दाबी भुक्तानी

महेश सिंह सिरहा लहान १९ असार – सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर २ घर चत्री बस्ने मो. शेख अब्दुलका कान्छो छोरा करिब ९ महिना अगाडि ठुलो सपना बोकेर वैदेशिक रोजगारीमा शेख सारुखले कतार पुगेका गएका थिए।

घरको अवस्था निकै कमजोर रहेका शेख सारुखले घरको आर्थिक सम्पन्न गर्न कतार पुगेका थिए। सपना अधुरै रहियो उनलाई कतार्मै मृत्यु भएका थिए। मृतक सारुख घरको दुई छोरा मध्ये सब भन्दा कन्छो छोरा थिए।

वैदेशिक रोजगार जीवन बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाद्वारा क्रिया खर्च सहि
पुत्र शोकमा रहेकी जैसा खातुनलाई सन नेपाल लाईफ इन्स्योरेन्सका लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले सहज रूपमा पीडित खातुनलाई १४ लाख मृत्यु भुक्तानी गरेका छन्।

पत्रकार महेश सिंह र पीडितको आफन्त शेख अजिजुलको रोहबरमा माछापुच्छ्रे बैंकको १४ लाखको चेक हस्तान्तरण गरेका छन्। प्रबन्धक महतो करिब ३ बर्ष देखी निरन्तर पत्रकारको रोहबरमा जो सुकै मृत्यु दाबी भुक्तानी हस्तान्तरण गर्दै आएका छन्।प्रबन्धक इन्स्योरेन्सको क्षेत्रमा निकै लोकप्रिय ब्यक्तीको रूपमा चिनिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित