Rashtriya Dainik

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीको सयुक्त बैठक

अमृता सुनार/सुनवल, असार १८
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीको सयुक्त बैठक सुनवल नगरपालिका वडा नम्बर १३ सुन्दर बस्तीमा अवस्थित गण महाबिर बौद्ध बिहारको सभाहलमा सम्पन्न भएको छ । महासङ्गका जिल्ला अध्यक्ष देवराज चौधरीको अध्यक्षतामा बैठक बसि विभिन्न प्रस्ताव माथि छलफल गरी निर्णय पारित भएको छ । महासंघको दोस्रो जिल्ला अधिबेशन यहि असार ३२ गतेका दिन बर्दघाट ४ विश्व शान्ती बौद्ध गुम्बाको सभाहलमा जिल्ला भित्र रहेका सबै एकल जातिय सस्था बाट महिला र पुरुष गरी २/२ जना प्रतिनिधि रहने र सबै एकल जातिय संगठन बाट बृहत उपस्तिथिमा भब्यताका साथ सम्पन्न गर्नि निर्णय भएको छ । त्यसै गरी बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आदिवासी जनजाती समुदाय बाट निर्बाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाइ जिल्ला अधिबेशनको कार्यक्रममा सम्मान गर्ने निर्णय पारित भएको छ । त्यसै गरी अधिबेशनलाइ सब्य र भब्य पार्नुको निम्ति बिभिन्न उप समिति गठन भएको छ । उपाध्यक्ष टिचन गुरुङ्गको संयोजक्तामा ३ सदस्यीय आर्थिक समिति गठन भएको छ । तारा राना मगरको संयोजकत्वमा ३ सदस्यीय अतिथि सत्कार तथा मन्च बेबस्थापन समिति गठन भएको छ भने उपाध्यक्ष चित्र बहादुर गुरुङ्गको संयोजकत्वमा ३ सदस्यीय प्रमाणपत्र तथा स्वयं सेवक परिचालन समिति गठन गरिएको महासंघका जिल्ला सचिब मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित