Rashtriya Dainik

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा रुपन्देहीकाे सियारीमा अन्तरक्रिया कार्यक्रम

राजन चाैधरी / रुपन्देही , १८ असार

रुपन्देहीको सियारी गाउँपालिका अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सियारी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित समीप बचत तथा ऋण सहकारी संस्थाको अायाेजनामा माधव नेपालकाे अध्यक्षता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।

अन्तरक्रिया कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले सहकारी संस्थाहरूले बचत तथा ऋणको कारोबार मात्र नगरी कृषि तथा व्यवसाय तर्फ लगानी गरी सदस्यहरुको आय आर्जन गर्ने तर्फ लाग्नु पर्ने कुरामा जोड दिदै सहकारीको माध्यमबाट समग्र सियारी गाउँपालिकालाई समृद्धि बनाउनमा ठूलो सहयोग गरिरहेको बताउदै सहकारीको भुमिका विषयमा चर्चा गरेका गर्नुभएको थियोे ।

त्यस्तै सियारी बचत तथा ऋण सहकारीका अध्यक्ष बिक्रम भुजले जोखिमा रहेको ऋणिहरु समस्यालाई कसरी समाधान गर्ने ..? सहकारीलाई अझ प्रभावकारि कसरी बनाउने ..? खेतीको समयमा किसानहरुले मलखाद नपाउदा आक्रोश हुदा सहकारीले सहजीकरण कसरी गर्ने ..? मलखाद कसरी उपलब्ध गराउने भन्ने विषयकमा छलफल गर्नु भएको थियो ।

त्यस्तै अबिनास सहकारीका अध्यक्ष लगायतका कर्मचारी एवम् विभिन्न संस्थाका प्रतिनिधिहरुले सहकारी तालिमकाे सन्दर्भमा छलफल गर्नुका साथै सहकारीकर्मीहरुलाई सुशासित र पारदर्शी भई काम गर्न आग्रह गर्नुभएको थियोे ।

अन्तरक्रिया कार्यक्रममा सियारी गाउँपालिका अन्तर्गतका तीन सहकारीका कार्यसमिति र कर्मचारीहरुकाे सहभागीता रहेको थियो । साे कार्यक्रमकाे सन्चालन इन्द्र राना भाटले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित