उत्तमकुमार थापा बझाङ
बझाङको छविसपाथिभेरा गाउँपालिकाका एक ठेकेदारले भवन निर्माणमा लापरबाही गरेकाछन् । सम्झौता अनुसार काम नभएपछि तत्काल निर्माण कार्य रोक्न निर्देशन भएको छ ।
गत आर्थिक वर्ष छविस पाथिभेरा गाउँपालिका र जागृति निर्माण सेवाविच भएको ठेक्का सम्झौतामा अस्पतालको भवनमा अश्लार मेसिनरी वाल हुने उल्लेख गरिएको छ । तर, निर्माण कम्पनिले अहिले साधारण पर्खाल लगाएर भवन निर्माण गर्न थालेपछि गाउँपालिका अध्यक्षको अनुगमन टोलीले तत्काल काम रोक्न निर्देशन दिएको छ ।

सम्झौता अनुसार अश्लार मेसिनरी वाल नभएपछि काम बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका निमित्त कार्यकारी गगन ऐडीले जानकारी दिए । ‘निर्माण कम्पनिले सम्झौता विपरित ढुगांको पर्खाल लगाएर काम गरिरहेको थियो । हामीले केहिदिन पहिले नै सम्झौता अनुसार काम गर्न ताकेता गरेका थियौँ । जर्वजस्ती साधारण पर्खाल लगाएर भवन निर्माण कार्य भएपछि बिहिबार काम बन्द गर्न भनेका छौँ । त्यहि तरिकाले काम भए भुक्तानी नदिने चेतावनी दिएका छौँ ।’ ऐडीले भने ।
विकास निर्माणका काममा समुचित कडाइ गरिने गाउँपालिका अध्यक्ष बसन्त चलाउनेको भनाइ छ । गाउँपालिकाका प्राविधिक कर्मचारीले सम्झौता अनुसार काम नभएको रिपोटिगं गरेपछि अनुगमन गरेर सम्झौता अनुसार नै काम गर्न निर्देशन दिएको बताए ।
के हो अश्लार मेसिनरी वाल ?
सहजै इट्टा नपाइने तर प्रशस्त मात्रामा ढुंगा पाईने ठाउँहरुमा विकास निर्माणका लागि अश्लार मेसिनरी वालबाट निर्माण कार्य गरिन्छ । ‘अश्लार मेसिनरी वाल’ प्राविधिक रुपमा निकै कठिन मानिन्छ । ढुंगालाई मेसिनद्धारा काटेर इट्टा जस्तै समान आकार दिनुपर्छ । अश्लार मेसिनरी वालको लागि ढुंगा मात्रै तयार गर्न लामो समय लाग्छ र त्यस्तै किसिमको उच्चस्तरिय प्रविधि र जनशक्ति पनि । सम्भवतः यस्तो किसिमको ‘अश्लार मेसिनरी वाल’ भएको कुनै पनि भवन सुदूरपश्चिम मै प्रयोग नभएको निर्माण व्यवशायी बताउँछन् ।

किन प्रयोग गरियो अश्लार मेसिनरी वाल ?
गाउँपालिकाले सुनियोजित तरिकाले आफुअनुकुल र कमिसन लेनदेन गर्न सकिने कम्पनिलाई भवन निर्माणको ठेक्का दिन कम प्रतिश्पर्धा होस् भनेर ‘अश्लार मेसिनरी वाल’ भनेर राखिएको निर्माण व्यवशायीको ठोकुवा छ । ‘अश्लार मेसिनरी वाल’ भनेर टेण्डरमा उल्लेख गर्दा सजिलै एक वा दुई कम्पनिले टेण्डर हाल्ने भएकाले सोझै चिताएको कम्पनिलाई ठेक्का दिन मिल्ने हुनाले गाउँपालिकाका प्रतिनिधि र कर्मचारीले यस्तो चलाखी अपनाएको निर्माण व्यवशायी दाबि गरिरहेकाछन् । बाह्र करोड लागत रहेको निर्माणाधिन अस्पताल दश शैयाको हुनेछ ।
जागृति निर्माण निर्माण कम्पनिले यसरी नै सेटिगं मिलाएर ठेक्का लिने गरेको तर सम्झौता अनुसार काम नगर्ने गरेको जानकारहरु बताउँछन् । जागृति निर्माण सेवाले के कसरी काम गरिरहेको छ? उसलाई आरोप लाग्ने गरेको ‘सेटिग धन्दा’ के हो? यस बारेमा थप रिपोटिगं गर्ने छाै ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

