नवलपरासी /मंसिर १९ पश्चिम नवलपरासिको रामग्राम नगरपालिका वडा नं. १३ कुनवार थारु चोकमा पिकप र मोटरसाइकल ठक्कर खादा दुई जना घाईते भएका छन । दक्षिणबाट उत्तरतर्फ आउंदै गेरेको लु १ च ९०३६ नंको बोलेरो पिकअप भ्यानले पश्चिबाट पूर्वतर्फ जौदै गरेको लु ४ प ७३५६ नं.को मोटरसाईकललाई ठक्कर दिंदा रामग्राम नगरपालीका वडा नं. ६ पोखरापालीका बस्ने ६० वर्षिय जुकुल किशोर अग्रहरी गम्भीर घाईते भएका छ । उनको छाति र बांया खुट्टामा चोट लागेको छ । साथै उक्त मोटरसाईकलमा सवार उनको नातिनी ४ वर्षकी दिपेन्सी अग्रहरी पनि घाईते भएकी छन । उनको टाउकोमा सामान्य चोक लागेको र अवस्था सामान्य रहेको छ । घटनास्थलमा प्रहरी पुगी घाईते दुवै जनालाई उपचारका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाउदा तहा उपचार हुन नसक्दा थप उपचारको लागि बुटलवको सिटी अस्पतालमा रिफर गरिएको छ । पिकअप चालक र पिकअप अहिले प्रहरीको नियन्त्रणमा रहको जिल्ला प्रहरी कार्यालयले बताएको छ । । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।