Rashtriya Dainik

जिल्ला विपद व्यावस्थापन समितिकाे बैठक बस्याे स्थानीयतहमा आपतकालीन अप्रेसन राख्नुपर्ने

उत्तमकुमार थापा / बझाङ

जिल्ला विपद व्यावस्थापन समितिकाे बैठक बसेकाे छ । आज जिल्ला प्रशासन कार्यालय बझाङकाे सभाहलमा विपद सम्वन्धि बैठक बसेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी तथा विपद व्यावस्थापन समितिका अध्यक्ष बाबुराम अर्यालकाे अध्यक्षतामा सुरु भएको बैठकमा प्रमुख अतिथि समन्वय प्रमुख नरबहादुर बाेहरा अतिथि जिल्ला भरिका सबै स्थानीयतहका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सुरक्षा निकायका प्रमुख लगाएतकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

सभाहलमा विपद सम्वन्धि प्रस्तुतिकरण गर्दै नेपाली सेना प्रहरी सशस्त्र प्रहरीबल लगाएत सबै सुरक्षा निकायले २५ जना तयारी अवस्थामा राख्ने लगाएत सबै स्थानीयतहमा समन्वय बजेट विनियोजित लगाएत सबै काम स्थानीय पालिकाले गर्ने जस्ता निर्णयहरु प्रस्तुत गर्नु भएको हाे ।माैषम परिवर्तन भएको कारण स्थानीयतहले सबै गाउँघरमा जनचेतनामूलक कार्यक्रमहरु अाैषधि ,खाद्यान्न लगाएतका कामहरु तत्काल गर्नु पर्ने र जनशक्ति परिचालन गर्ने लगाएतका कार्य गर्नुपर्ने बताए ।

अस्पतालले विपद आएकाे समयमा फैलन सक्ने राेग लाई नियन्त्रण गर्न अाैषधिकाे व्यावस्थापन गर्ने एम्बुलेन्स तयारी अवस्थामा राख्ने चिकित्सक हरुलाई अगाडि बढाउन लागिपर्ने लगाएतका कार्य रहेका छन । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भन्नू भयाे,माैषम परिवर्तन भएको छ । विपदकाे उच्च जाेखिममा रहेको हाम्रो जिल्ला लाई विपद बाट जाेगाउन र विपद आईहाल्याे भने बचाउने र सुरक्षित राख्ने उपाए सबैले अप्नाउन लाग्नु पर्छ ,सबैले यस्तो समयमा हातेमालो गर्दै अगाडि जानू पर्ने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित