Rashtriya Dainik

पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम सम्पन्न

महेश यादव / नवलपरासी , १६ असार

पालिका स्तरीय पुर्ण खाेप समन्वय समिति प्रतापपुर गाउँपालिकाकाे आयाेजनामा पुर्ण खाेप सुनिश्चितता घाेषणा समारोह कार्यक्रम सम्पन्न भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकालाई एक समारोहका विच पुर्ण खाेप सुनिश्चितता घाेषणा गरिएको हाे ।

हामी सबैको सार्थक प्रयास ,प्रतापपुरकाे समग्र विकास र पुर्ण खाेप सुरक्षित भविष्य काेविड १९ विरुद्ध तथा नियमित खाेप पुर्ण खाेप सुनिश्चितता लगाएतका मुल नाराका साथ ५४ हजार जनसंख्या रहेको प्रतापपुर गाउँपालिकामा खोप लगाउन मिल्ने उमेर समुहका सम्पूर्ण व्यक्तिलाई स्वास्थ्य मापदण्ड अन्तर्गत खोप लगाइएर गाउँपालिकालाई पुर्ण खाेप सुनिश्चितता घाेषणा गरिएको
जनस्वास्थ्य अधिकृत कुन्दन सिहंले बताउनुभएको हाे ।

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा सम्पन्न गरिएको घोषणा समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष भगाैती यादव,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल लगायतले मन्तव्य ब्यक्त गर्नुभएकाे थियोे ।

साे अवसरमा प्रत्यक्ष रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा स्वाथ्यकर्मीहरु लगाएतका व्यक्तिहरुलाइ कदर पत्र प्रदान गरेर सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति रुप कुमार क्षेत्री,जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक ऋषिराम कडेल,नवनिर्वाचित जनप्रतिनिधि ,स्वास्थ्यकर्मी ,महिला स्वयम् सेविका लगाएतकाे उपस्थित रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित