Rashtriya Dainik

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा बन्दि गृह निमार्ण सम्पन्न् गरी हस्तान्त्रण

रामु भुसाल/ नवलपरासी , १५ असार
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश अन्तर्गत बर्दघाट नगर कमिटिले ईलाका प्रहरी कार्यालय परिसर बर्दघाटमा चालक बन्दि गृह निमार्ण सम्पन्न् गरी ईलाका प्रहरी कार्यालय बर्दघाटलाई हस्तान्त्रण गरेको छ । संगठननका बर्दघाट नगर अध्यक्ष जय प्रकाश खनालको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि राइले चालक वन्दी गृहलाई अब सडक दुर्घटना अनुसन्धान केन्द्रका रुपमा परिमार्जज गर्न जरुरी रहेकोमा जोड दिदै वन्दीगृहलाई भरीपूर्ण सदुपयोग गर्न संगठनले अब हरेक महिना यातायात ब्यवसायी, चालक तथा सह–चालकहरुलाई दुर्घटना न्यूनिकरण सम्वन्धि कक्षा संचालन गर्न आग्रह गर्नु भएको थियो । सो अवसरमा भवन निमार्ण समितिका संयोजक हरि प्रसाद गुरुंगले अकल्पनिय रुपले दुर्घटनामा परेका चालक बन्दीहरुलाई राख्नका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले निमार्ण गरेको उक्त भवनमा बनाईएको बताउदै वन्दी गृहको क्षमता १० जना सम्मको रहेको र बाकी कोठा प्रहरीले मुद्धा कोठा र हल कोठाका रुपमा प्रयोग गर्न सक्नेगरी निमाणर््ा गरीएको बताउनुभयो । २२ लाख ९८ हजार ५ सयको लागतमा निमार्ण सम्पन्न् भएको उक्त तीन कोठे भवनको निमार्णका क्रममा २० लाख ८० हजार ६ सय २५ रुपैया संकलन गरी खर्च भएको छ भने २ लाख १८ हजार भुक्तानी बाकी रहेको समेत बताउनुभयो । सो अवसरमा संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष एवं भवन निर्माण समिति सचिव प्रकाश बस्याले भवन निमार्णका लागि बर्दघाट नगरपालिकाले ४ लाख ७४ हजार रुपैया सहयोग गरेको र वाकी सबै रकम बिभिन्न संघ–सस्था, उद्योगी ब्यापारी तथा समाज सेवीहरुवाट संकलन गरेर निमार्ण कार्य सम्पन्न् गरीएको जानकारी दिनुभयो । कार्यक्रममा संगठनका केन्द्रिय सल्लाहकार समयोजक ध्यान बहादुर राई, बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, पश्चिम नेपाल ट्रक यातायात प्रालिका उपाध्यक्ष गुप्त बहादुर केसी, संगठनका प्रदेश उपाध्यक्ष केशव भण्डारी, ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख विरेन्द्र केसी, नेकपा एमाले बर्दघाट नगर कमिटि अध्यक्ष रविन्द्र विक्रम हमाल लगाएतले मन्तब्य राख्नुभएको थियो । संगठनका प्रदेश सचिव केशव पौडेलको स्वागत मन्तबय रहेको कार्यक्रमको सञ्चालन संगठनका प्रदेश उपाध्यक्ष प्रकाश बस्यालले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित