Rashtriya Dainik

नवलपरासीको पाल्हिनन्दन अस्पतालबाट DR X-ray सेवा सुरु

रंजीत शर्मा/ पाल्हिनन्दन/१५ असार।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०४ अवस्थित पाल्हिनन्दन अस्पतालबाट DR x-ray सेवा सुरु आज देखि शुरु भएको छ।

पाल्हिनन्दन गाउँपालिका,इन्द्रेणी सामाजिक बिकास मञ्च र यु एम एन (UMN ) को आर्थिक सहयोगमा पाल्हिनन्दन अस्पताललाई नमुना अस्पताल बनाउने योजना अन्तर्गत पाल्हीनन्दन अस्पतालमा DR x-ray सेवाको उद्घाटन एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक ) ले गरेका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले पाल्हिनन्दन अस्पताललाई सुविधा सम्पन्न नमूना अस्पताल बनाउन यस DR x-ray सेवाले थप मद्दत गर्ने बताउनु भयो। पाल्हीनन्दन अस्पतालको व्यवस्थापन समितीको अध्यक्ष समेत रहेका गुप्ताले पाल्हिनन्दन गाउँपालिकाका जनता DR x-ray सेवा प्राप्त गर्न जिल्ला सदरमुकाम परासी जानु पर्ने समस्याको समाधान भएको तथा विस्तारै आगामी आर्थिक वर्षमा यस अस्पतालको थप स्तर उन्नती गर्ने लक्ष्य लिएको बताएका छन्।

पाल्हिनन्दन अस्पताललाई सुबिधा सम्पन्न बनाउन पालिकाले आगामी आर्थिक वर्षमा एक करोड बजेट बिनियोजन गरेको प्रमूख प्रशासकिय अधिकृत श्री प्रसाद गौतमले बताए ।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी(सकिना),वार्ड नं ४ का अध्यक्ष रबिन्द्र साहनी, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, निमित्त मेडीकल सुपरीटेन्ड डा. राजकुमार गुप्ता, मेडिकल अधिकृत किरण गुप्ता लगायतका गाउँपालिकाका कर्मचारीहरु उपस्थिति रहेको थियो ।

यसै कार्यक्रम बीच राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित