Rashtriya Dainik

स्वर्गीय श्रीमतीको नाममा धनराज बमजनले गरे ठोरीको बृद्धआश्रमलाई खाद्यान्न सहयोग

हरिकिशोर शर्मा / असार १५, जिराभवानी

ठोरी ३ का धनराज बमजनले आफ्नी स्वर्गीय श्रीमती जमुना बमजनको आत्माको शान्तिको कामना गर्दै ठोरी १ को बृद्धबृद्धा एवं समाज कल्याण आश्रममा खाद्यान्न सहयोग गरेका छ्न ।
आज उनले आश्रममा ४ बोरा चामल, १५ केजी दाल, १ बोरा भुजा, १ कार्टुन तेल, १ कार्टुन चाउचाउ र १ कार्टुन फ्रुटी हस्तान्तरण गरेका हुन । समाजसेवीका रुपमा परिचित धन बहादुर बमजनले असाह असत्तलाई आफ्नै हात्तले खाद्यन्न सहयोग गर्न पाउदा अत्यन्त खुशी लागेको र यो संस्थालाई आफ्नो क्षमता अनुशार सवैले सहयोग गरेर आत्म सन्तुष्टि लिने ठाउॅ रहेको बताए ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा अभियन्ता सन्तोष श्रेष्ठले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा धन बहादुर बमजन र छोरा ज्ञानराज बमजन लगायत आश्रमका संचालक सहित स्थानीयको समेत सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित