Rashtriya Dainik

पर्साकाे जिराभवानी गाउँपालिकाकाे १० औं गाउँ सभा सम्पन्न

हरिकिशोर शर्मा / जिराभरावानी ,१५ असार

पर्साकाे जिराभवानी गाउँपालिकाकाे १०औं गाउँ सभा बुधबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष अनाेज चौधरीकाे अध्यक्षतामा सम्पन्न गाउँ सभाले अगामी आर्थिक बर्ष २०७९/०८० काे ३६ कराेड ३९ लाख २२ हजार बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे छ ।
चालू खर्च तर्फ ८ करोड ७० लाख ८१ हजार ,पुजिगत तर्फ ११ करोड ५७ लाख ३७ हजार , सशर्त तर्फको चालू खर्च ११ करोड , ८२ लाख , आयतर्फ ११ करोड ३० लाख , ३४ हजार सशर्ततर्फ १३ करोड ११ लाख , सम्पुरक तथा विशेष आनुदान ३ करोड प्रदेस सरकारको तर्फबाट बाडफाड ८ करोड ८५ हजार आन्तरिक तर्फबाट १ करोड २६ लाख, समाजिक विकास तर्फ दुई कराेड ४१ लाई विनियाेजन गरिएकाे गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले जानकारी गराइन ।
गाउँपालिका अध्यक्ष अनोज चौधरी अगामी आर्थिक बर्षकाे नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । साथै उनले विद्यालयलाई आपंगता तथा बालमैतृ बनाइने वताए ।
उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।”
अध्यक्ष चौधरी गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताए । उनले सासु, ससुरालाई राम्राेसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत वताए ।
उनले महादेवपटि, जितपुर बर्थिङ सेन्टर संचालन गरिने, प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने वताए ।
उनले जिराभवानी गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिकविकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए जिराभवानी गाउँपालिका भएकाे गाउँ सभाकाे नेपाली कांग्रेस पर्साका क्षेत्र न ४ (क) प्रदेस सभा सद्स्य श्री शंकर प्रसाद चौधरी ज्युको प्रमुख आतिथि सभा उद्घाटन गरेका थिए ।
गाउँ सभा उद्घाटन सत्रमा नेपाली कांग्रेस पर्साका उप सभापति सत्यनारायण साह प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता वडाध्यक्षहरु महादेव महतो थारु , रामशरण खवास थारु नेपाली काग्रेसका दारा राउत थारु , राजेसवर दास थारु ,सुरुज राय थारु साथै पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन गाउँकार्यपालिका सदस्य श्री सरोज चौरसियाले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित