Rashtriya Dainik

नवलपरासीको सरावलमा पनि मनाइयाे १९ अाैँ राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव

उमेश बि.क / नवलपरासी , १५ असार ।

‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा विविध कार्यक्रम गरि धान दिवस धुमधाम साथ सम्पन्न गरिएको छ।

त्यस्तै पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ गडाैरीमा १९ अाैँ राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न गरिएको छ।

“धानबालीमा जैबिक विविधताकाे उपयाेग , अायात प्रतिस्थापनमा सहयोग”’ भन्ने नारासहित सरावल गा.पा कृषि बिकास शाखाको अायाेजनामा १९ अाैँ राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव मनाइएको हाे ।

बाबा पशुपतिनाथ कृषक समुहका अध्यक्ष पारस नाथ गुप्ताको अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यता एवं उपाध्यक्ष बासमती हरिजनकाे बिशिस्ट अातिथ्यता तथा जनप्रतिनिधि , कर्मचारी र किसानहरुले खेतमा धानको बेर्ना रोप्दै उक्त दिवस मनाएका हुन ।

कार्यक्रममा बोल्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले नेपाल कृषि प्रधान देश भनिएतापनि माटोमा प्रांगरिक पदार्थ न्यून हुनु, गुणस्तर वीउ प्रतिस्थापन दर न्यून हुनु, जैविक मलको प्रयोगमा कमि हुनु, मौसमी प्रतिकुलता, बाढि, जलवायू परिवर्तन, रोगकिरा महामारी जस्ता समस्याले गर्दा व्यवसायिक उत्पादनमा कमि हुन पुगेको बताउदै सरावल गाउँपालिकाबाट कृषि क्षेत्रको समस्या बुझ्दै विभिन्न कृषि अनुदान तथा कृषकलाई प्रत्यक्ष लाभ हुने काम गरिरहेको र अगामी अार्थिक बर्षमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिदै काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको हाे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष हरिजनले कृषिको महत्त्वलाई उजागर गरिरहेकाे बताउँदै किसानलाई प्रोत्साहन गर्ने निति लिएर अाएकाे बताउनु भएको हाे ।

१९ अाैँ राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सवमा धान राेपाई गरि दहि चिउरा खाएर सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली ,वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल यादव ,साइदा निसा , लक्ष्मिकान्त चाैधरी ,इन्द्रकमल यादव , हरिलाल यादव लगाएतले धान दिवसको शुभकामना दिनुभएको थियोे ।

सरावल गाउँपालिका कृषि बिकास शाखा अधिकृत रिनु चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन कृषिशाखा प्रमुख कुलदिप मिश्रले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित