Rashtriya Dainik

सुनवलमा अपंगता भएका ब्याक्तिहरुको लागि अावश्यक पहिचान र परामर्श

अमृता सुनार/सुनवल, असार १४
सुनवल नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा संचालित अपंगता भएका ब्याक्तिहरुको लागि आबस्यकता पहिचान परामर्श तथा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सोमनाथ बालमैत्री सिकाइ केन्द्रको भवनमा सम्पन्न भएकोे छ। सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य सिता भन्डारी, वडा सदस्य कृष्ण बहादुर केसी, सदस्य प्रसुराम कवर, तेजराज उपाध्याय, राजमान श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो।‌ उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै वडा अध्यक्ष मन बहादुर थापाले अपंगता भएका ब्यक्तीहरुको निम्ति नेपालको संविधानमा थुप्रै कुराको ब्यबस्था भए पनि व्यबहारमा लागु हुन नसकेको र स्थानीय तहले पनि नितिगत रूपमा कार्यनयन गर्नु नसकेको बताउनुभएको थियो। उक्त कार्यक्रममा कार्यपालिका सदस्य सिता भन्डारी, राजमान श्रेष्ठ लगाएतको मन्तव्य रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण सुनवल नगरपालिकाका महिला तथा बालबालिका बिकास शाखा प्रमुख केशरी गैरेले गर्नु भएको कार्यक्रमको संचालन महिला बिकास शखाका सरिता शर्माले गर्नु भएको थियो । उक्त कार्यक्रमबाट मिलन घिमिरेको अध्यक्षतामा ९ सदस्यीय अपाङ्ग वडा स्तरीय समिती गठन भएको छ। जसको उपाध्यक्षमा राजमान श्रेष्ठ, सचिवमा धिरज श्रेष्ठ, कोषाध्यक्षमा स्मृति थापा मगर र सदस्यहरुमा तिल प्रसाद गुरुङ, सिता थापा, मिना क्षेत्री लगाएत चयन हुनु भएको वडाध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित