Rashtriya Dainik

नवलपरासीको भुजहवामा उदघाेषण तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,१४ असार

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा न. ७ मा २ दिने उद्घोषण तालिम सम्पन्न भएको छ।

नन्दन मिडिया हाउस प्रा.लिकाे आयोजना तथा सरावल ७ वडा कार्यालयकाे सहयोगमा अारिफ अलि खाँकाे अध्यक्षता तथा सरावल गाउँपालिका वडा नम्बर ७ वडा अध्यक्ष हेयात खाँ धुनियाकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न भएको हो ।

तालिममा प्रमाणपत्र वितरण गर्दै वडा अध्यक्ष धुनियाले मनभित्र रहेकाे डरकाे त्याग गरी म गर्नु सक्छुकाे भावनाले अगाडि बढ्न मानिस जे पनि गर्न सक्छ । यसै सिद्धान्तलाइ अपनाएर यस तालिमका सहभागीहरूले सिकेका कुरा व्यवहारमा लागु गर्न अाग्रह गर्नुभयो ।

तालिममा जनता मा.बि भुजहवाका प्र.अ कृष्ण कुश्वाहा , समाजसेवी सज्जाद अलि ,प्रिति काेइरी,अम्रिता मुराउ,इसराफी अलि,अारएन चाैधरी लगाएतले बाेल्नु भएको थियाे ।

तालिममा २० जनाकाे सहभागीता रहेको थियो । साे तालिमकाे सहजिकरण राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश बि.क गर्नुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित