रामु भुसाल,नवलपरासी ,१४ असार
“स्वदेशमा नै रोजगारी गरौँ, बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔँ “भन्ने नाराका साथ सुरक्षित आप्रवासन परियोजना सामीले सुनवल का जनप्रतिनिधि र कर्मचारी हरु संग सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्र्तकृया कार्यक्रम मंगलवार सुनवलमा सम्पन्न गरेको छ । सुनवल नगरपालिकाको नेतृत्व र सेवा प्रदायक सस्था ईन्द्रेणी समाजिक विकास मञ्चको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । ईन्द्रेणी समाजिक विकास मञ्चका उपाध्यक्ष एवं सामि फोकल पर्सन सावित्रि पौडेलको अध्यक्षता तथा सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोलदै प्रमुख अतिथि अर्यालले परियोजनाले बैदेशिक रोजगारको क्षेत्रमा सर्हानिय कार्य गरेको बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । साथै उहाँले आफुहरु नव निर्वाचित भएका र नगरमा यस अगावैका कार्यक्रमहरुको बारेमा आफु त्यती विज्ञ नभएकाले सरोकारवाला साखा संग समन्वय गरि विस्तृत जानकारी लिने र नगरलाई बैदेशिक रोजगारीको क्षेत्रमा सुरक्षित र मर्यादित बनाउनका लागी नगरमा बैदेशिक रोजगारीको तथ्यांकहरु सकंलन गरि उनिहरुको हकहितका लागी थप निति निर्माण गर्ने समेत बताउनुभयो । कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीले परियोजनाले गरेका कामहरु र परियोजनाका उदेश्य माथि प्रकाश पार्दै सहभागी लाई स्वागत समेत गर्नुभएको थियो । सो अवसरमा नगरमा परियोजना लागु भएदेखी नगरको बैदेशिक रोजगारीको अवस्था, समस्या र चुनौतीका बारेमा सामि परियोजनाका जिल्ला समयोजक ज्ञानेश्वर भण्डारीले जानकारी गराउनु भएको थियो भने सामि हेल्भेटास नेपालका कार्यक्रम अधिकृत जियाहुल हकले स्थानिय सञ्चालन ऐनमा बैदेशिक रोजगार सम्बन्धि भएका ब्यवस्था बारे सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा आप्रवासी परिवार हकहित मञ्च नवलपरासीका जिल्ला अध्यक्ष रामु भुसालले मञ्चले जिल्लामा वैदेशिक रोजगार सम्बन्धी भए गरेका काम र मञ्चको उदेश्य माथि प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा सुनवल नगरपालिकाका नगर कार्यपालिका सदस्यहरुले आ आफ्नो जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा सुनवल नगरपालिकाका कर्मचारी, सेवा प्रदायक सस्था ईन्द्रेणी समाजिक विकास मञ्चका पदाधिकारी, नगर कार्यपालिकाका सदस्यहरु, सामि परियोजनाका कर्मचारी लगाएतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सामि परियोजनाका सुनवल रिर्टनी स्वयं सेवक पुर्णचन्द्र अधिकारी (पुरन)ले गर्नुभएको थियो । सुरक्षित आप्रवासन सामि नेपाल सरकार र स्वीस सरकार विच भएको दुई पक्षिय परियोजना हो । यो परियोजना श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारहरुको नेतृत्वमा सञ्चालित छ । परियोजनालाई स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ भने पश्चिम नवलपरासीमा स्थानिय सरकारहरुको नेतृत्वमा सेवा प्रदायक सस्था ईन्द्रेणी समाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगर मार्फत जिल्लाका ६ पालिकमा परियोजना कार्यान्वयन रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

