लहान सिरहा १४ असार – ओरेक परियोजना कार्यालय सिरहाको अगुवाईमा लहान नगरपालिकाको शहिद चौकमा सिटि बजाएर बलात्कार विरुद्धको चौथो राष्ट्रिय अभियानको घोषणा गरेका छन्। महिला मानव अधिकार रक्षक संजाल, मानव अधिकार रक्षक संजाल, अग्रणी संजाल,युवा समुह, संचारकर्मीहरुको एक्यवद्धता सहित ६ महिने बलात्कार विरुद्धको राष्ट्रिय अभियान घोषणा गरेका छन।
बलात्कारबाट प्रभावित महिलाहरुको कानुनी तथा सामाजिक न्याय सुनिश्चितताको लागि जर्वजस्ती करणीमा हदम्याद नराखी कानून संसोधन गर्न, हिंसा प्रभावित र निजसँग आश्रीतलाई राज्यले निः शुल्क स्वास्थ्य, क्षतिपूर्ति तथा मनोसमाजिक उपचार एवम् परामर्शको व्यवस्था गर्न, सुरक्षा र पुर्नस्थापनाको व्यवस्था गर्न र कानुनको पूर्ण रुपमा कार्यन्वयन गरी दण्डहीनताको अन्त्यका लागि कानून निमार्णकर्ताहरु र समग्र राज्यलाई नै दवाव दिने उदेश्य सहित यो अभियान राष्ट्र व्याप्पी रुपमा घोषणा गरेका हुन् ।
ओरेक परियोजना कार्यालयबाट र्याली निकाल्दै शहिदचौकमा पुगी २० मिनेट जति सिटि बजाएर खबरदारी गरेको थियो ।
बलत्कार जस्तो जघन्य अपराधको घटनामा हदम्याद खारेज गर्नु पर्ने, झन्झटिलो न्याय प्रणाली हटाई दु्रत गतिमा सेवा दिनु पर्ने माग सहित सो अभियान घोषणा भएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

