Rashtriya Dainik

उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीद्वारा जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

राष्ट्रिय दैनिक / नवलपरासी , १३ असार ।

पश्चिम नवलपरासीको परासीमा अवस्थित निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य संघले स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

साेमबार संघको सभाहलमा अायाेजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उपप्रमुख , नगर प्रमुख उपप्रमुख , पालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षहरुलाई बधाई शुभकामना सहित सम्मान गरिएको छ ।

नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले पश्चिम नवलपरासी औद्योगिक हवको रुपमा अघि बढीरहेको अवस्थामा स्थानीय सरकारसँग निजी क्षेत्र सहकार्य गर्न आतुर रहेको बताउनुभयो ।

उहाँले उद्योगी व्यवसायीले धेरै समस्याहरु भोग्नुपरेको भन्दै कर नबढाउन बरु करको दायरा बढाउन आग्रह गर्दै दोहोरो करको व्यवस्था हटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले औद्योगिक विकास र आर्थिक विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउँदै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल ) ले बेरोजगारीका कारण युवाहरु विदेशीनुपरेको बताउँदै स्थानीय उद्योगहरुमै रोजगारीको वातावरण बनाउनुपर्ने बताउनुभयो । अहिले जिल्लामा धेरै उद्योग सञ्चालनमा रहेपनि विभिन्न बहानामा स्थानीयले रोजगारी नपाएको भन्दै उहाँले उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादन गरेर स्थानीयले नै रोजगारी पाउने वातावरणको लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाँले उद्योगले भोग्नुपरेको विद्युत, सडक, खानेपानी लगायतको समस्या समाधानका लागि सरोकार पक्षबीच छलफलको वातावरण बनाउन आग्रह गर्दै समस्या समाधानको बाटो खोज्न आग्रह गर्नुभभयो ।

कार्यक्रममा सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्याल, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव ,प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव, सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद यादव ,रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी,संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, महासचिव गिरीराज पाण्डे लगायतले पनि बोल्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित