राष्ट्रिय दैनिक / नवलपरासी ,१३ असार
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिमा सहकारी व्यवस्थापन समिति र कर्मचारीहरुका लागि २ दिने क्षमता बिकास तालिम सम्पन्न भएको छ।
सरावल गाउँपालिकाकाे अायाेजनामा गाउँपालिकाका उपाध्यक्ष बासमती हरिजनकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न भएको हाे।
अाइतबार देखि सञ्चालन भएको उक्त तालिमको समापन गर्दै पालिका अध्यक्ष चाैधरीकाेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । साथै तालिमले सहकारी व्यवसायको गुणात्मक विकास हुने अपेक्षा गरेको बताउँदै उहाँले आफूले विगतमा सहकारी सम्बन्धी धेरै प्रकारका तालिमहरु लिएर नेतृत्व तहसम्म पुग्न सफल भएकोे हुँदा आजका व्यवस्थापकहरुमा पनि आफूले सो कुरा देखेकाले जिम्मेवार भएर काम गर्नेहरुका लागि सहकारी उर्वर र बहुआयामिक क्षेत्र भएको बताउनुभयो ।

सोही अवसरमा पालिका उपाध्यक्ष हरिजनले सहकारी व्यवसायको अभिबृद्धि र स्थायित्वका लागि व्यवस्थापकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको बताउदै व्यवस्थापकहरु सधै चनाखो भएर सामय सापेक्ष रुपमा चल्न सक्नुपर्ने कुरामा जोड दिनुभयो ।

पालिका भित्रका सहकारीमा कार्यरत ३० जनाको सहभागिता रहेको उक्त तालिममा सहकारीकरण रामप्रसाद भुषाल
र हैदर अलि माेमिनले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

