राष्ट्रिय दैनिक / नवलपरासी ,१३ असार
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा न. ७ मा २ दिने उद्घोषण तालिमको सुरु भएको छ।
नन्दन मिडिया हाउस प्रा.लिकाे आयोजना तथा सरावल ७ वडा कार्यालयकाे सहयोगमा मिडिया हाउसका सन्चालक सद्दाम हुसेन अन्सारीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा तालिम सुरु भएको हो ।
तालिमकाे उदघाटन गर्दै पालिका अध्यक्ष चाैधरीले मनभित्र रहेकाे डरकाे त्याग गरी म गर्नु सक्छुकाे भावनाले अगाडि बढ्न सके मानिस जे पनि गर्न सक्छ । यसै सिद्धान्तलाइ अपनाएर यस तालिमका सहभागीहरूले तालिममा पुर्ण समय दिइ सिक्ने प्रयास गर्नु भए दक्ष उदघाेषक बन्न सक्नु हुनेछ । यसका लागि तपाइहरू याेग्य प्रशिक्षक पाउनु भएकाे बताउदै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न अाग्रह गर्नुभयो ।

तालिममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली , वडा नम्बर ७ वडा अध्यक्ष हेयात खा धुनिया , समाजसेवी हरिलाल यादव , नितु पाण्डेय लगाएतले बाेल्नु भएको थियाे ।
तालिममा २० जनाकाे सहभागीता रहेको छ । साे तालिमकाे सहजिकरण राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश बि.क.ले गर्नुभएको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

