उमेश बि.क / नवलपरासी ,१९ मंसिर पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ ललितपुरमा बाल बगैंचा तथा सहजकर्ताकाे लागि बालमैत्री बिषयक तालिम सम्पन्न गरिएको छ। एविसि नेपालकाे अायाेजना , स्ट्राेम फाउन्डेसन नेपालीको सहयाेग तथा सरावल गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा सरावल गाउँ उपाध्यक्ष उत्तमा रायले सरावल गाउँपालिकालाई बालमैत्रि घोषणा गर्न बालमैत्री स्थानीय शासनलाई अभियानको रुपमा लिएको बताएन । सहभागीहरुलाई उत्प्रेरण दिदै आफू अाफ्नाे पालामा बाल क्लवहरु नरेतापनि विभिन्न समूह तथा संस्थाको नेतृत्व गर्दै, आफ्नो क्षमताको विकास गर्दै अवसरको सहि सदुपयोग गरि संर्घष गर्दै यो अवस्थामा आई पुगेको जानकारी गराउदै तालिमका सहभागीहरुलाई पनि अवसरको पहिचान गरि अगाडि बढनको लागि शुभकामना दिनु भएको थियो । त्यस्तै महिला सन्जालकी अध्यक्ष मिना चाैधरीले तालिममा सिकेका कुराहरुलाई व्यावहारमा कार्यन्वयन गर्न सके मात्र तालिमको औचित्य पुरा हुने कुरामा जोड दिनु भएको थियाे। तालिममा बाल अधिकार, बाल मैत्री स्थानीय शासनको अवधारणा, बाल मैत्री स्थानीय शासनका सुचकहरु, बालमैत्री स्थानीय शासनमा स्थानयि तह तथा बालबालिकाको भुमिका लगाएतका बिषयमाबालअधिकारकर्मी रन्जित शर्मा र बालअधिकारकर्मी उमेश बि.कले सहजिकरण गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।