Rashtriya Dainik

सुनवलमा वित्तीय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रमको शुभारम्भ

पुरन अधिकारी, पश्चिम नवलपरासी। असार १३

कृषि विकास बैंक शाखा कार्यलय परासीको आयोजना एवं दियालो कृषि सहकारीको समन्वयमा सुनवल नगरपालिका वार्ड नं ३ र ५ का कृषकहरूलाई लक्षित गरि “वित्तीय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रम ” सुनवल ३ किर्तिपुरमा शुभारम्भ भएको छ।

सुनवल नगरपालिकामा रहेको दियालो कृषि सहकारी ,जनसेवा कृषि सहकारी र श्रमजीवी कृषक समुहका २५/२५ जना गरि जम्मा ७५ जना महिला कृषकहरुलाई २२ सत्र (पाठ) सम्म वित्तीय शिक्षाको महत्त्व र व्यवसायमा वित्तीयको भुमिका बारेमा ज्ञान दिइने र कृषकलाई कृषि विकास बैकमा कर्जा मा समेत सहज र न्यून व्याजदर कायम रहेको कृषि विकास बैंक परासी शाखाका वरिष्ठ प्रबन्धक एवं कार्यक्रमका अध्यक्ष भुवनेश्वर पाण्डेले जानकारी गराउनुभयो ।

सुनवल नगरपालिका वर्डा नं ५ का वडा अध्यक्ष नेत्रलाल तिवारी एवं वर्डा नं ३ का वडा अध्यक्ष प्रवीण गुरुङको विशिष्ट आतिथ्यता रहेको सो कार्यक्रममा दियालो कृषि सहकार्यका अध्यक्ष विमल ढकाल,जनसेवा कृषि सहकारीका अध्यक्ष गोविन्द अधिकारी ,श्रमजीवी कृषक समुहका अध्यक्ष भानुभक्त गौतम ,कृषि विकास बैंक परासी शाखाका वरिष्ठ शाखा अधिकृत भगवती ढुङ्गाना ,सामी परियोजना सुनवलका रिटर्नि स्वयमसेवकद्वय अमर नारायण चौधरी र पुरन अधिकारी लगायतको उपस्थिति रहेको सो कार्यक्रमको संचालन गिता पौडेलले गर्नुभएको थियो ।

नेपालको कुनै पनि क्षेत्र बैदेशिक रोजगारीको समस्याहरुबाट अछुतो नरहेकोले बैदेशिक रोजगारीलाई मर्यादित बनाउन र विदेशमा जानेहरूलाई सिप ,सुचना समस्यामा परेकालाई कानुनी ज्ञान , न्यायमा पहुँच र बैदेशिक रोजगारीबाट आउने वित्तीय (रकम)को उचित व्यवस्थापन र मनोपरामर्श सेवाको बारेमा सामी परियोजनाले सुनवलमा गर्दै आईरहेको काम र समग्र सामी परियोजनाका बारेमा यस परियोजनाका रिटर्नि स्वयमसेवक अमर नारायण चौधरी र पुरन अधिकारीले सो कार्यक्रममा सहभागीहरुलाई जानकारी समेत दिनुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित