राष्ट्रिय दैनिक / नवलपरासी , १२ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिकामा भइरहेको निर्माण कार्यको अनुगमन गरेको छ ।
अाइतबार गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र उपाध्यक्ष बासमती हरिजन लगायतकाे टिम गाउँपालिकाको विभिन्न वडामा सम्पन्न भएको विकास निर्माण कार्य र भइरहेको कार्यको अनुगमन गरिएको छ ।

गाउँपालिकामा सडक, भवन, मठ–मन्दिर, मदर्शा , पुस्तकालय , नाला लगायतका विकास निर्माण कार्यको अनुगमन कार्यलाई गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , उपाध्यक्ष बासमती हरिजन र वडा नम्बर २ वडा अध्यक्ष सम्भु प्रसाद चाैधरी ,अनुगमन समिति सदस्य रामानन्द हरिजन , याेजनाशाखा प्रमुख राजन बस्याल ,प्राबिधिक हेमन्त चाैधरी , पत्रकार उमेश बि.क लगायतकाले अाइतबार अनुगम गरेका हुन ।

निर्माण कार्य गुणस्तरयुक्त भईरहेको छ वा छैन भन्ने अनुगमन गर्नका लागि आफूहरु अनुगमनका लागि पुगेको पालिका अध्यक्ष चाैधरीले राष्ट्रिय दैनिकलाई बताउनु भएको हाे । उनले सम्पन्न निर्माण कार्य गुणस्तरयुक्त ढंगले काम भएको र भइरहेको काम पनि गुणस्तरयुक्त हुने विश्वास ब्यक्त गर्नुभयाे ।
गाउँपालिकामा निर्माण कार्यमा आएको बजेट अनुसार काम भयो, भएन सबैले विकास कामको अनुगमन गर्नु जरुरी छ ।

गाउँपालिका क्षेत्रमा विकास निर्माणको अनुगमन गर्ने र टोल टोलमा गएर जनता संग भेटेर विकास निर्माणका कामको बारेमा भईरहेको गतिविधिको बारेमा जानकारी लिने, जनताको समस्या सुन्ने र समाधान गर्ने गरेको उपाध्यक्ष हरिजनले बताइन ।

अनुगमनको क्रममा सरावल ३ सरावलकाे ग्राबेल , पिपरा महुअवा मदरसा , मनरी सिचाइ पुल ,जावा काेलबृक्ष गेट , शुवंशी कन्या निम्न मा.बि अत्रहटीमा पुस्तकालय स्थापना तथा ब्यवस्थापन , अत्रहटी शिवालय मन्दिर लगाएतकाे अनुगमन गरिएकाे हाे।

गाउँपालिका क्षेत्र भित्र निर्माणधिन अवास्थामा रहेको योजनाको अनुगमन गर्दा विकास निर्माणले गती लिएको पाईएको छ् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

