उमेश बि.क / नवलपरासी ,१८ मंसिर काङ्ग्रेस बरिस्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार प्रती नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपरासीद्वारा घाेर भर्त्सना गरिएको छ। गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न गएका नेता पौडेलसहित नेता–कार्यकर्तामाथि भएको धरपकडको घटना र प्रहरी दमन ,दुर्ववहार आपत्तिजनक र निन्दनीय भएको भन्दै कांग्रेस नवलपरासीले घाेर भर्त्सना गरेको जिल्ला सभापति बिष्णु पाैडेलले जानकारी दिनुभएको छ। नेकपाकाे स्वार्थ पुर्तिकाे लागि प्रशासनको याे दुरुपयोग स्वभाविक मान्न सकिन्न ,सरकारकाे यस किसिमको अधिनायकवाद कदमकाे नेपाली काङ्ग्रेस बर्दघाट सुस्ता पश्चिम नवलपरासी सभापति पाैडेलले भर्त्सना गर्नुभएको छ। साथै सरकारले यस्ता गैर जिम्मेवार अलाेकतान्त्रिक कार्यहरु नगर्न गराउन चेतावनी समेत दिनु भएको हाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।