Rashtriya Dainik

प्रवासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

महेश सिंह सिरहा लहान ८ असार -सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ का राम सेवक महतोको करिब २१ बर्ष छोरा सहदेब महतोलाई हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी गाउँपालिका खोकसि जानकी नगर स्थित ट्रयाकटर दुर्घटनामा परेर बैशाख १९ गते घटना स्थलमै मृत्यु भएको थियोे।

मृतको बुवा राम सेवक महतोलाई घर परिवार चलाउन प्रवासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा पीडित परिवारलाई २१ हजार सहयोग गरेका छन् । पीडित परिवारहरुलाई सहयोग गरेको प्रवासी कुशवाहा कल्याण समाज मलेसियाको अध्यक्ष प्रमोद महतोले जानकारी दिनु भयो। सहयोगमा निबर्तमान अध्यक्ष गुरु दयाल कुशवाहा र नेपाल कुशवाहा कल्याण समाज सिरहा क्षेत्र नम्बर २ का अध्यक्ष सुरेन्द्र कुमार महतो कुशवाहाले जानकारी दिनु भयो।

सानै उमेर देखि वाईरिङ्गको काम गर्दै आएका उनी बिवाहको टेन्ट हाउसको सम्मान बोकेको गाडीमा बसेर काम गर्न जादै गरेको गाडी पल्टीदा महतोलाई घटना स्थलमै मृत्यु भएको थियो।

पीडित महतोलाई घरको ३सन्तान मध्ये जेठो छोरा रहेको थियोे। पीडित महतोलाई २छोरा मध्ये १ छोरा र १ छोरी छिन्।घरको अवस्था निकै कमजोर रहेको महतोको जेठो छोराले घर परिवार चलाउन सानै उमेर देखि ज्याला मजदुरीको काम गर्दै आएका थिए।

घरको जेठो छोरा गुमाए पछि मृतकको बुवालाई घर परिवार चलाउन निकै कठिन हुने गरेका छन्। पुत्र शोकमा रहेका महतोलाई आर्थिक सहयोग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित