Rashtriya Dainik

जन्मदिनको अवसरमा सुस्तश्रवण विद्यार्थीहरुलाई झोला वितरण

रंजीत शर्मा / नवलपरासी / ७ असार ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ बेलाशापुर निवासी गुड्डु गुप्ताले आफ्नो जन्मदिनको अवसर पारी सुस्तश्रवण विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ।

सुस्तश्रवण विद्यार्थीलाई झोलाको समस्या रहेको कुरालाई मध्य नजर गर्दै ९ जना बिद्यार्थीलाई वितरण गरिएको छ।

जन्म दिन मनाउने पैसा काटेर केही समाजको लागि गर्ने चाहना रहेकोले रहेको साल जस्तै यस साल पनि सानो झोला वितरण गरेको मोहित सर्जिकल सप्लायर्सका संचालक समेत रहेका गुड्डु गुप्ताले बताए ।

उनी अघिल्लो वर्ष आफ्नो ३८ औं जन्मदिनको अवसरमा कोरोना महामारीको द्रोसो लहरको समयमा माहमारीबाट जोगिनका लागि पाल्हिनन्दन गाउँपालिकाको वार्ड नं ०१ महेशपुर र बेलासपुरमा मास्क बैंकको स्थापना गरिएको थियो ।

यस अवसरमा सिद्धार्थ माध्यमिक विद्यालयका प्र.अ. रवीन्द्र शर्मा,श्रोत शिक्षक सन्तराज यादव,शिक्षक जय प्रकाश मिश्र ,पत्रकार रंजीत शर्मा लगायतको उपस्थिती रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित